नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ।
प्रहरीका अनुसार गए राती एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा पसेका थिए। त्यसपछि सैफ र ती व्यक्तिबीच झगडा भएको थियो। उक्त व्यक्तिले चक्कुले प्रहार गरेपछि अभिनेता सैफ घाइते भएका र उनको उपचार भइरहेको छ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको बीबीसी समाचारमा उल्लेख छ।
समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै एक व्यक्ति सैफ अली खानको घरमा पसेर पहिले उनको घरेलु कामदारसँग झगडा गरेको, त्यसमा जब सैफले हस्तक्षेप गर्न खोजेपछि उक्त व्यक्तिले सैफमाथि आक्रमण गरेको जनाएको छ।
अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार बिहान करिब २:३० बजे सैफ अली खान र उनकी श्रीमती करीना कपूरको बान्द्रास्थित घरमा चोर पसेको थियो। यस समयमा सैफ आफ्नो परिवारसँग घरमा थिए। चोर घटनास्थलबाट भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उल्लेख गरेको छ।
सैफलाई राती ३:३० बजेतिर लीलावती अस्पताल ल्याइएको थियो। उनको शरीरमा छ ठाउँमा चोट लागेको छ। जसमध्ये दुई ठाउमा घाउ गहिरो भएको डाक्टरले जनाएका छन्। एउटा घाउ मेरुदण्ड नजिकै छ। उनको शल्यक्रिया भइरहेको छ। शल्यक्रिया पछि मात्र चोटको गहिराइ पत्ता लगाउन सकिने जनाइएको छ।
डाक्लेटर सैफको घाँटीमा पनि चोट लागेको बताएका छन्। उनको बिहान ५:३० बजे शल्यक्रिया सुरु भएको जनाइएको छ।
३ माघ २०८१, बिहीबार ११:२८ प्रकाशित