रास्वपा कार्यकर्ताद्धारा वकिल कुटिए
  • काँचुली खबर

२ माघ, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी पीडितका तर्फबाट बहस गरेर फर्किने क्रममा उनी अदालत परिसरमै कुटिएका हुन् । रास्वपा कार्यकर्ताले अश्लिल गालीगलौज गर्दै आफूलाई भुँइमा पछारेर घाइते बनाएको त्रिपाठीले बताए ।

‘म बहस सकेर बाहिर निस्कँदै थिएँ, एक्कासी आएर लछारपछार गर्दै भुइँमा लडाए’, उनले भने, ‘दुई-तीन जनाले मुक्काले ढाडमा पनि हाने । झोला तानेर फ्याँक्ने प्रयास गरे ।’

आफूमाथि आक्रमण गर्नेहरुको पहिचान भैसकेको तर नाम भने थाहा नभएको त्रिपाठीले बताए ।

आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

  • २ माघ २०८१, बुधबार १७:५६ प्रकाशित
  • Nabintech