कारको ‘अन्तिम संस्कार’ मा १५ सय ‘मलामी’
  • काँचुली खबर

एजेन्सी । हिन्दु धर्माबलम्बीमा मानिसको मृत्युपछि दाहसंस्कार गर्ने चलत त पुरानै हो । हिन्दु संस्कारमा मानिसको मृत्युपछि घाटमा लगेर अन्त्यष्टि गरिन्छ ।

तर, एउटा कारको अन्तिम संस्कार गरेको सुन्नुभएको छ ? भारतको गुजरातमा एउटा यस्तै घटना भएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आफूले औधी माया गरेको कारलाई हिन्दु संस्कारअनुसार एउटा खाल्डोमा गाड्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जसमा जेसीबीको सहयोगमा १५ फिट गहिरो खाडल खनेको देखिन्छ । कोही त्यो खाडलमा ओर्लिएर पूजा गरिरहेका छन् । मन्त्र जपिरहेका छन् । त्यसपछि फूल र मालाले भरिएको हरियो कपडाले बेरिएको कार आउँछ । त्यो खाडलमा तल लगिन्छ । अनि त्यहीँ गाडिन्छ र कारको ‘अन्तिम संस्कार’ पूरा हुन्छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार घटना गुजरातको अमरेली जिल्लाको हो । यहाँ एक परिवारले आफ्नो १२ वर्ष पुरानो कारको पूर्ण धार्मिक अनुष्ठानका साथ अन्तिम संस्कार गरेका हुन् ।

गाडीलाई बिदाइ गर्न करिब डेढ हजार मानिस आएका थिए । कार्यक्रममा कार मालिकले चार लाख रुपैयाँ खर्च गरेको समाचारमा उल्लेख छ ।

कारका मालिक सञ्जय पालोरा हुन् । उनी सुरतमा निर्माण व्यवसाय गर्छन् । आफ्नो परिवारको उन्नतिमा गाडीको ठूलो योगदान रहेको उनले बताए ।

‘मैले करिब १२ वर्षअघि यो कार किनेको थिएँ र यसले परिवारमा समृद्धि ल्याएको थियो । हामीले व्यापारमा ठूलो सफलता पाएका छौं । हाम्रो सामाजिक स्थितिमा सुधार आएको छ। यो कार हाम्रो परिवारको लागि धेरै भाग्यशाली साबित भयो। त्यसैले यसलाई बेच्नुको सट्टा हामीले यसलाई श्रद्धांजलिको रूपमा गाड्ने निर्णय गरेका हौं’ कार मालिक सञ्जय पालोराले भने ।

  • २६ कार्तिक २०८१, सोमबार १३:४५ प्रकाशित
  • Nabintech