१४ बैशाख २०८१, शुक्रबार
भिरबाट खसेर महिलाको मृत्यु
  • काँचुली खबर

सुर्खेत- लेकबेंसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर पुग्दा बेलुका ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए । शवपरीक्षणका लागि मेहलकुना अस्पताल सुर्खेतमा राखिएको छ ।

त्यसैगरी, साउन १० गते दिउँसो ३ बजे घरबाट हराएका सुर्खेत बराहताल गाउँपालिका -५,  सोतखोला निवासी लीलाराम भण्डारीका तीनवर्षीय छोरा बाबुराम भण्डारी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार ५ बजे उनी झुलखोला भन्ने स्थानमा मृत फेला परेका थिए । फेला परेको शवको परीक्षण र सतगदका लागि आफन्तलाई बुझाइएको छ । घटनाका बारेमा अनुसन्धान थालिएको जनाइएको छ ।

  • १३ श्रावण २०७५, आईतवार १०:३६ प्रकाशित
  • Nabintech