एक वर्षभित्र ६०० युवकसँग ‘बेड शेयर’ गर्ने युवतीको लक्ष्य
  • काँचुली खबर

एजेन्सी । हरेक मानिसलाई आफ्नो जीवन कसरी जिउने भन्ने कुरा छनोट गर्ने अधिकार हुन्छ । यो व्यक्तिको निजी मामिला हो । तर, कहिलेकाही कतिपय मानिसहरुको जीवनशैली यस्तो असामान्य हुन्छ कि उनीहरू सर्वत्र चर्चाको विषय बन्दछन् ।

अष्ट्रेलियाकी एक युवती पछिल्लो दिनमा आफ्नो अनौठो जीवनशैली तथा सोखका कारण चर्चामा छिन्। २६ वर्षीया एनी नाइट पछिल्लो दिनमा सोसल मिडियामा चर्चामा छिन् । उनले यो वर्ष सन् २०२४ का लागि एउटा छुट्टै लक्ष्य तय गरेकी छिन् । यो वर्षको अन्त्यसम्ममा कम्तिमा पनि ६०० जना पुरुषसँग शारीरिक सम्पर्क गर्ने उनको चाहना छ ।

न्युयोर्क पोष्टका अनुसार जिन्दगी केवल एकपटक मात्रै प्राप्त हुन्छ भन्ने मान्यतामा रहेर उनले यस्तो मस्ती गर्ने सोच बनाएकी हुन् । जीवनको अन्तिम समय गुजार्दै गर्दा आफूले केही चिज गुमाएँ भन्ने महसुस नहोस् भन्ने उनको सिद्धान्त छ ।

त्यतिधेरै पुरुषसँग बेड शेयर गर्ने लक्ष्य राखेपछि त्यसका लागि उनी जस्तोसुकै पार्टनरसँग संसर्गका लागि तयार हुन्छिन् होला भन्ने लाग्नसक्छ । तर, होइन । पार्टनर चयनमा उनी निकै चूजी छिन् । लक्ष्य पूरा गर्नका लागि उनले आफ्नो मापदण्डमा कुनै पनि सम्झौता गर्ने छैनिन् । त्यसैले उनले त्यसका लागि एउटा आवेदन प्रणालीको विकास गरेकी छिन् ।

एनी नाइटले आफ्नो सम्भावित पार्टनर छान्नका लागि एक अनौठो आवेदन प्रणाली तयार गरेकी छिन् । एक अन्तरवार्ताका क्रममा उनले अहिलेसम्म ४८० जना पुरुषसँग सम्बन्ध कायम गरिसकेको पनि खुलासा गरेकी छिन् । आफ्नो ६०० पार्टनरको कोशेढुंगा पार गर्नका लागि उनी अब मात्रै १२० जना पुरुषको खोजीमा छिन् । यसका लागि उनले अनलाइन प्रश्नावली बनाएकी छिन् । उनीसँग रात बिताउन चाहने पुरुषले त्यसमा छनोट हुनका लागि उक्त प्रश्नावली भर्नुपर्नेछ ।

सम्भावित पार्टनरले सबैभन्दा पहिले आफ्नो नाम, उमेर, उचाइ तथा ठेगाना जस्ता आधारभूत जानकारीहरू दिनुपर्नेछ । त्यसपछि उसलाई यौन संक्रामक रोगको परीक्षण गर्न तयार भए नभएको प्रश्न सोधिनेछ ।

उक्त जटिल आवेदन प्रणालीका बाबजुत एनी नाइटको पार्टनर बन्नका लागि ठूलो संख्यामा पुरुषहरुले आवेदन गरिरहेका छन् । एकै दिनमा २ हजार भन्दा धेरैले दरखास्त पेस गरेपछि उनले केही समयका लागि आवेदन प्रक्रिया नै स्थगित गर्नुपरेको छ ताकि सही तरिकाबाट योग्य उम्मेदवार छान्न सकियोस् ।

एनी नाइटका अनुसार उनले आफ्ना पार्टनरहरुलाई सम्बन्ध कायम गर्दा हतार नगर्न सुझाव दिन्छिन्, जसबाट दुवैले उत्कृष्ट अनुभव प्राप्त गर्न सक्दछन् । साथै उनले आम मानिसलाई राम्रो सम्बन्ध कायम गर्नका लागि समेत विभिन्न टिप्स दिने गर्छिन् ।

  • २३ आश्विन २०८१, बुधबार १२:२९ प्रकाशित
  • Nabintech