अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली
  • काँचुली खबर

१५ असोज, काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लागेको छ । मंगलबार गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार गोविन्दाको आफ्नै पेस्तोलबाट गोली लागेको हो । घरमा पेस्तोल सफा गरिरहेको अवस्थामा गोली चलेको बताइएको छ ।

गोविन्दाको मेनेजरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार गोविन्दासँग अनुमतिप्राप्त हतियार थियो । उनले आफ्नो पेस्तोललाई थन्क्याउन लाग्दा जमिनमा खसेर गोली चलेको बताइएको छ ।

खुट्टामा लागेको गोली चिकित्सकले निकालिसके पनि गोविन्दा हाल अस्पतालमै रहेको बताइएको छ ।

  • १५ आश्विन २०८१, मंगलवार १२:०६ प्रकाशित
  • Nabintech