रसुवा – नेपाल र चीनबीच संचालनमा रहेको एक मात्र व्यापरिक नाका रसुवागढीमा सवारी संचालनमा रोक लगाइएको छ । अबिरल बर्षासँगै आएको बाढीले जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरे स्थित घट्टेखोलामा रहेको पक्की पुलमा क्षति पुर्याएपछि साना तथा ठुला सवारी संचालनमा रोक लगाइएको हो ।
सवारी संचालन गर्दा उच्च जोखिम भएकाले साना तथा ठुला सवारी संचालनमा रोक लगाईएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । उनले भने शुक्रबार साना सवारी संचालन भईरहेको थियो भने ठुला कन्टेनर संचालनमा रोक लगाइएको थियो भने दुर्घटना हुने जोखिम बढेपछि शनिबारदेखि साना तथा ठुला सबैखाले सवारी संचालनमा रोक लगाईएको छ, उच्च जोखिम देखिएपछि रोक लगाइएको हो । 
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सवारी आवतजावतमा रोक लगाएसँगै नेतापल तथा चिनतर्फ दुई सय भन्दा बढी कन्टेनर रोकिएर बसेको प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए । उनले भने नेपालतर्फ मालबाहक सय भन्दा बढी र चिनतर्फ ७० वटा कन्नर रोकिएका छन् । पुलको अवस्थाको बारेमा जानकारी लिनका लागि डिभिजन सडक कार्यालयबाट इन्जिनियरको टोलि खटिसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले भने इन्जिनियरको टोलि त्यस क्षेत्रमा पुगिसकेका छन्, प्राबिधिकहरुले अहिले त्यहाको अवस्थाको अवलोकन गरिरहेका छन् । 
उक्त पुल चिनिया पक्षले निर्माण गरेको बताइएको छ । यस्तै उक्त पुलको सडक बिभागमा इस्टक्चर ड्रोइङ डिजाईन खोजि भईरहेको प्रमुख जिल्ला हेर्नुपर्छ, ढलान गरिएको छ भने थप सपोर्ट वाल लगाएर भोलि नै गाडि चलाउन सकिन्छ नत्र त कि बैकल्पिक मार्ग तयार नहुन्जेल वा पुल नबनुन्जेलसम्म गाडि आवतजावत हुदैन् ।
डिजाईन भेटिए पश्चात पुल निर्माणको बेशको अवस्था पहिचान हुने उनको भनाई छ । उनले भने बेश ढलान नगरेको रहेछ भने सामान्य मर्मतले मात्र हुनैन पुन पुननिर्माण गर्नुपर्ने हुन्छ । बुधबार राति गएको पहिरोको कारण बिहीबारदेखि नै रसुवागढी नाकामा सवारी संचालन हुन सकेको थिएन् । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आयात निर्यात बढ्दै गएको छ । भने रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै नाकामा चहलपहल बढेको छ ।
१२ श्रावण २०७५, शनिबार १७:४५ प्रकाशित