२७ भदौ, काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरु डराएर आत्तिएपछि एमालेसँग गठबन्धन गर्नुपरेको बताएका छन ।
आज सानेपास्थित पार्टी कार्यालयमा कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकार प्रमुखहरुलाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । विगतमा एमाले माओवादी सरकार हुँदा पार्टीका नेता कार्यकर्ता डराएको भएपनि अहिले त्यस्तो अवस्था नरहेको देउवाले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘हिजो एमाले र माओवादी सत्तामा हुँदा हाम्रो साथीहरु चिन्तित थिए, डराएका पनि थिए, आफ्ठ्यारो मानिरहेका थिए’, उनले भने, ‘त्यसैले मैले पनि मान्नुपर्यो, साथीहरुको भावनाअनुसार नै मैले एमालेका अध्यक्ष केपी शर्मा ओलीजीसँग कुरा गरेर सहमतिमा पुग्यौ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले असार १७ गते मध्यरातको सात बुँदे सहमति कार्यान्वयन हुनेमा विश्वाससमेत व्यक्त गर्नुभएको छ । छैटौँ पटक प्रधानमन्त्री बन्नेमा विश्वस्त रहँदै भने, ‘त्यो सहमतिअनुसार अहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्छ, अनि दुई वर्षपछि उहाँले मलाई छोड्दिनुहुन्छ ।’
सभापति देउवाले प्रतिपक्ष र साना दलहरुलाई सत्ता गठबन्धनसँग नतर्सिन आग्रह समेत गरे । ‘अरु पार्टीका साथीहरुले दुई वटा पार्टी मिलेर साना पार्टी सिध्याउदैछन् भन्नुहोला, चिन्ता गर्नुहोला, तर त्यस्तो हैनु, नेकपा माओवादीतर्फ संकेत गर्दै भने, ‘हाम्रो नीति अरुलाई सिध्याउने हैन । र मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो कुरा छैन ।’
२७ भाद्र २०८१, बिहीबार १९:१२ प्रकाशित