अभिनेत्री मलाइका अरोराका पिताद्वारा आत्महत्या
  • काँचुली खबर

एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल मलाइका अरोराका पिताको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरहरूका अनुसार उनको पिता अनिल अरोराले आत्महत्या गरेका हुन् ।

यस घटनापछि अरोराका पूर्व पति तथा अभिनेता अरबाज खान उनको माइती पुगेका छन् । न्युज एजेन्सी एएनआईका अनुसार अभिनेत्रीको पिताले छतबाट हाम फालेर ज्यान लिएका हुन् । अनिलले बान्द्रास्थित आफ्नो घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ ।

यो घटना बुधबार बिहान करिब ९ बजेतिर भएको हो । घटनाको समयमा अभिनेत्री पुणेमा थिइन् । खबर सुनेलगत्तै उनी मुम्बई निक्लिएको बताइएको छ । अभिनेत्रीको पिताको शवलाई बाबा अस्पतालमा राखिएको छ ।

  • २६ भाद्र २०८१, बुधबार १३:५७ प्रकाशित
  • Nabintech