१४ भदौ, काठमाण्डौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पेरिसमा जारी पारा ओलम्पिकको क्वार्टफाइल प्रवेश गरेकी छन् । के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको पहिलो चरणको खेलमा पलेशाले शुक्रबार भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध पिटिजीको आधारमा ३१-० को सहज जित निकालिन्।
पलेशाले क्वार्टरफाइनलमा आजै ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन्। उक्त खेल अपरान्ह ४ बजेपछि सुरु हुनेछ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पलेशाले छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी हुन्। गत चैतमा चीनको ताइयानमा भएको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा सहभागि भएकी पलेसाले ओलम्पिकमा पनि ऐतिहासिक प्रदर्शन गरेकी थिइन्।
पेलेशासँग टोकियो पारा ओलम्पिक पनि खेलेको अनुभव छ। त्यतिबेला पलेशा कांस्य पदक भीडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन्।
१४ भाद्र २०८१, शुक्रबार १५:४२ प्रकाशित