६ बैशाख २०८१, बिहीबार
‘ड्राइभिङ लाइसेन्स आवेदन’ खुल्ला
  • काँचुली खबर

एक महिनादेखि बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्रको वितरण आइतबारबाट खुल्ने भएको छ ।

लहान, वीरगञ्ज र बाग्लुङबाहेकका सबै लाइसेन्स कार्यालयका लागि साउन १३ गते आइतबारबाट अनलाइन आवेदन खोल्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । हाल हजारौं सेवाग्राहीले लाइसेन्सको आवेदन दिन पाएका छैनन् ।

प्रदेश २ को सरकारले भने आफूले अनुमति दिएपछि मात्रै लाइसेन्सको वितरण थाल्न विभागलाई पत्र लेखेको छ । वीरगञ्ज र लहानस्थित कार्यालयबाट लाइसेन्सको आवेदन नखोल्ने निर्णय विभागले लिएको छ । प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले पत्र लेखेर आफ्नो सहमतिविना लाइसेन्सको वितरण नथाल्न संघीय सरकारलाई अनुरोध गरेको थियो । बाग्लुङस्थित लाइसेन्स कार्यालयमा भने व्यवस्थापीकय समस्या रहेकाले लाइसेन्सको आवेदन खोल्न नसकिएको विभागका एक अधिकारीले जानकारी दिए ।

काठमाडौंमा रहेका चार वटासहित अहिले प्रत्येक अञ्चलमा एक-एक वटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । आइतबारबाट काठमाडौंमा ४ वटै लाइसेन्स कार्यालयले समेत लाइसेन्स आवेदन खुला गर्नेछन् ।

  • ११ श्रावण २०७५, शुक्रबार १६:१० प्रकाशित
  • Nabintech