७ बैशाख २०८१, शुक्रबार
के चन्द्रग्रहणले असर गर्छ ?
  • काँचुली खबर

शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्दै छ । विश्वका केही मुलुकसँगै नेपालबाट पनि यस्तो ग्रहण देख्न सकिन्छ । यस्तो ग्रहण १२ बजेर ९ मिनेटबाट देखिनेछ । क्यानडा तथा अलास्कामा बसोवास गर्ने मानिसले भने यो ग्रहणलाई देख्न पाउनेछैनन् ।

– चन्द्रग्रहण दुई प्रकारका हुन्छन् । एउटा खग्रास र अर्को खण्डग्रास चन्द्रग्रहण । शुक्रबार लाग्ने चन्द्रग्रहणचाहिँ खग्रास हो । यस्तो अवस्थामा चन्द्रमाको पूरै भाग छेकिएको रूपमा देखिन्छ । पृथ्वीको छायाले चन्द्रमालाई पूरै छेक्दा यस्तो ग्रहण लाग्ने गर्छ ।

– सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई हाम्रो आँखाभित्र पस्न नदिन विभिन्न खालका सावधानी अपनाउनुपर्ने हुन्छ । तर, चन्द्रग्रहणलाई भने नांगो आँखाले पनि सजिलै हेर्न सकिन्छ ।

– टेलिस्कोप, बाइनाकुलर, क्यामेरा वा अरू कुनै सामग्रीले चन्द्रग्रहणलाई हेर्दा मानिसको स्वास्थ्यमा असर पुर्याउँदैन । किनकि यस्तो वेला मानिसलाई हानि पुर्याउने खालका किरण आएको हुँदैन । त्यसैले यसबारे भ्रम पाल्न जरुरी छैन ।

– ज्योतिष विज्ञानले यो चन्द्रग्रहण मेष, सिंह, वृश्चिक तथा मीन राशिका मानिसले मात्र हेर्न हुने सुझाब दिएको छ । त्यस्तै वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशिका मानिसलाई भने नहेर्न सल्लाह दिइएको छ ।

– धर्ममा आस्था राख्नेले ग्रहणको स्पर्शकाल तथा मोक्षकालमा विभिन्न नदी, कुण्ड आदिमा पुगी ग्रहण नुहाइ गर्छन् । यसरी नुहाउँदा ग्रहणका वेला सिद्घि हुने विश्वास राख्छन् ।

तथ्य

– २१ औँ शताब्दीमा जम्मा ८५ वटा चन्द्रग्रहण लाग्नेछ ।
– शुक्रबार शताब्दीकै लामो चन्द्रग्रहण लाग्दै छ ।
– नेपालमा साँझको १२ बजेर ९ मिनेट जाँदा यो ग्रहण देखिनेछ भने रातिको ४ बजेर ४ मिनेटमा समाप्त हुनेछ ।
– यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया, पूर्वी अफ्रिका, युरोप, रसियालगातका ठाउँबाट देख्न सकिन्छ ।

  • ११ श्रावण २०७५, शुक्रबार १४:४७ प्रकाशित
  • Nabintech