प्रतिघण्टा १००० किमी गुड्ने रेलको सफल परीक्षण
  • काँचुली खबर

२५ साउन, काठमाडौं । चीनको नोभेल अल्ट्रा हाइ स्पिड ९यूएचएस० म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ ।

यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको परीक्षण गरेको हो । यसको नतिजाले रेलको नियन्त्रण प्रणाली, स्थिर सस्पेन्सन, सुरक्षित रोक्ने प्रणाली सफल भएको चीनको सरकारी सञ्चार माध्यम सीजीटीएनले जनाएको छ ।

यो रेल म्याग्लेभ प्रविधि ९चुम्बकीय० शक्तिका कारण चल्छ । म्याग्लेभ प्रविधिले गर्दा रेल चुम्बकको शक्तिले जमिनमा बनाइएको ट्रयाकमाथि गुड्छ ।

परीक्षणमा उच्च गति र सस्पेन्सन उचाइ एकनासको रहेको रिपोर्ट आएको छ । रेलका सबै प्रणालीले सामान्य रूपमा काम गरेको र सैद्धान्तिक रूपमा तयार पारिएको आकलन अनुसार काम गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

परीक्षणले लामो दूरीको तय र मर्मत, हावाको चाप कम भएको क्षेत्रमा प्रणालीबीचको समन्वय, नेभिगेसन नियन्त्रण र अन्य प्रमुख प्रविधिको प्रदर्शनलाई पनि सफल प्रमाणित गरेको छ ।

यूएचएस म्याग्लेभ यातायात प्रणालीले याङग्वयोमा सन् २०२२ अप्रिलमा रेलको निर्माण सुरु गरेको थियो । यसमा एरोस्पेस प्रविधि र रेलवे यातायात प्रविधिलाई जोडेर उच्च गतिमा गुड्न सक्ने बनाइएको छ ।

भविष्यमा यो प्रणाली चीनको ठूला शहरहरू बीचको यातायातका रूपमा प्रयोग गर्न सकिने बताइएको छ । जसले बेइजिङदेखि सांघाईको यात्रा लगभग डेढ घण्टामा गर्न सक्छ । एजेन्सी

  • २५ श्रावण २०८१, शुक्रबार १७:२५ प्रकाशित
  • Nabintech