स्कुल बसको ठक्करले ढकेरीमा एक जनाको मृत्यु, दर्जन बढि चौपाया किचिए
  • काँचुली खबर

२४ साउन, कोहलपुर । बाँकेको ढकेरीमा स्कुल बसले ठक्कर दिदा एक युवाको ज्यान गएको छ । बिहिबार दिउँसो कोहलपुरबाट ढकेरी तर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले ढकेरी पुलमा युवालाई ठक्कर दिएको हो ।

ठक्करबाट २६ वार्षिय गोबिन्द वलिको मृत्यु भएको छ भने एक दर्जन बढि बाख्रा समेत मरेको स्प्रहरीले जनाएको छ । कोहलपुर १२ चप्परगौडीको ज्ञानकुन्ज स्कुलको बस विद्यार्थी छाड्न गएको बेला दुर्घटना भएको हो ।

घटना लगत्तै स्थानियहरुले राजमार्ग बन्द गराएका छन । अहिले बाटो खुलाउने प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक धर्म भण्डारीले जानकारी दिए ।

घटनाबारे थप बिवरण आउन बाँकी छ ।

  • २४ श्रावण २०८१, बिहीबार १७:३९ प्रकाशित
  • Nabintech