रसुवा अपडेटः  पहिरोमा पुरिएका ९ जनाकै मृत्यु
  • काँचुली खबर

रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ ।

मध्यरातमा अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा सिन्धुपाल्चोकको भोटेकोशीका जीप चालक श्याम तामाङ, सोही ठाँउका मंगल तामाङ, विक्रम नेवार, कार्साङ किमु घले, सर्मिला बिक (कामी), सुस खड्का, दोर्जे वाङ्दु घले, निङमार गुम्भा तामाङ र सुमो चालक रमेश तामाङको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरिक्षक दिलिप क्षेत्रीले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जीप समेत पहिरोले पुरिएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार गम्भीर घाइते ५ जनालाई बिहिबार बिहान काठमाडौं ल्याइएको छ । रातिको समयमा पहिरो गएका कारण क्षतिको यकिन विवरण अझै आउन सकेको छैन् ।

पहिरोले अवरुद्ध सडकलाई खोल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिनुभयो ।पहिरोमा परी घाइते भएका १२ जना मध्ये ५ जनालाई चिनियाँ क्याम्पमा उपचार पश्चात दिउँसो काठमाडौं पठाइएको छ । दुईजनाकोे अवस्था गम्भीर रहेको छ ।

बिहिबार बिहानको पौने एक बजेको समयमा अविरल बर्षासँगै आएको पहिरोले टिमुरेस्थित प्रहरी चेक पोस्टसहित चारवटा घर पुरिएको थियो भने नेपाल बाट चीनको केरुङतर्फ सामान लिन जान लागेको ५ वटा कन्टेनर पुरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

पहिरो पश्चात चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढी नाका अवरूद्व भएको छ । सडक र नाका शुक्रबार साँझसम्ममा सञ्चालनमा ल्याउने गरी पहिरो पन्छाउने कार्य जारी रहेको छ ।

  • १० श्रावण २०७५, बिहीबार १८:३९ प्रकाशित
  • Nabintech