१६ चैत्र २०८०, शुक्रबार
डा. केसी र सरकारबीच सहमति
  • काँचुली खबर

२७ दिनदेखि अनसनमा बसिरहेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो सहमति भएको हो । दुई पक्षबीच भएको सहमति अन्तिम रुप दिन सरकारी र डा. केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार गएको छ । सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसीका पक्षबीच भएको वार्तापछि सहमतिमा बिहीबारै हस्ताक्षर हुन लागेको हो । सहमति लगत्तै नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल गएर डा. केसीको अनसन तोडाउनेछ ।

  • १० श्रावण २०७५, बिहीबार १६:५२ प्रकाशित
  • Nabintech