गर्लफ्रेन्डका लागि पैसाकै कार्पेट बिच्छाएपछि……
  • काँचुली खबर

एजेन्सी । संसारमा अनेक खालका अनौठा मानिसहरू छन् जसको हर्कतले जो कोहीलाई कहिले हसाउँछ, कहिले त्रसित बनाउँछ त कहिले अचम्मित तुल्याउँछ।

हालै एउटा यस्तै भिडियो भाइरल बनिरहेको छ । जसमा ती व्यक्तिले एउटा इन्स्टाग्राम भिडियोबाटै आफ्नो धनसम्पत्तिको यसरी बखान गरेका छन् कि त्यो देख्दा जोकोही पनि स्तब्ध बन्दछ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

इन्स्टाग्राममा @mr.thank.you नामबाट चर्चित रुसी व्यापारी सर्गेइ कोसेन्कोले आफ्नी गर्लफ्रेन्डसँगको एउटा भिडियो शेयर गरेका छन् । त्यसमा उनले गर्लफ्रेन्डको पाइतालामुनि पैसाका नोटको कार्पेट नै बिछाइदिएका छन् ।

भिडियोको सुरुमै देखिन्छ कि सर्गेइ कोसेन्कोले आफ्नी गर्लफ्रेन्डको हात पक्रिएर एउटा निजी हेलिकप्टरबाट ओर्लिरहेका छन् । हेलिकप्टरबाट झर्ने सिंढीदेखि बाटोमा टाढासम्मै नोटको गड्डीको कार्पेटले बिछ्याइरहेको देखिन्छ। त्यहीँ पैसाको कार्पेटमा ती युवती हिँड्छिन् ।

सो भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘थाहा छ यो रमाइलो कुरा हो कि मलाई पैसाभन्दा धेरै प्रेम तिमीसँग छ ।’

सर्गेइले भिडियोमा सेतो शर्ट र बैजनी रंगको ट्राउजर लगाएका छन् भने उनकी प्रेमिकाले कालो स्कर्ट र ब्लेजर लगाएकी छिन् ।

यो भिडियो केही पुरानो भए पनि यसको चर्चा अझै सेलाएको छैन र भाइरल बनिरहेको सो भिडियोमा मानिसहरुले अनेक खालका टिकाटिप्पणीहरू गरिरहेका छन् । यद्यपि त्यहाँ देखाइएका नोटहरू सक्कली हुन् कि नक्कली भन्ने बारेमा भने पुष्टि हुन सकेको छैन ।

  • १६ असार २०८१, आईतवार १३:११ प्रकाशित
  • Nabintech