१० असार, काठमाडौँ । सवोच्च अदालतले गण्डकी प्रदेश सभाका सदस्य फणिन्द्र देवकोटामाथि माओवादी केन्द्रले गरेको कारवाही असंवैधानिक भएको ठहर गरेको हो ।
देवाकोटाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले देवकोटालाई सांसदका रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।
सरकारलाई विश्वासको मत दिने क्रममा पार्टी ह्वीप उल्लंघन गरेको भनी माओवादी केन्द्रले गरेको कारबाही गरेपछि गण्डकी प्रदेशसभाका सभामुखले देवकोटालाई पदमुक्त गरेका थिए । तर देवकोटामाथि गरिएको कारवाही असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेशमा देवकोटालाई भएको कारबाही कार्यान्वयन नगर्नू-नगराउनू भनिएको छ ।
सर्वोच्च अदालतले देवकोटा नेपाल समाजवादी पार्टीसँग आवद्ध भएको सांसद भएको तथ्य उल्लेख गरेको छ । सर्वोच्चको अन्तरिम आदेशसँगै गण्डकी प्रदेश सरकार तत्कालका लागि जोगिएको छ ।
१० असार २०८१, सोमबार १८:३१ प्रकाशित