वाइसीएल बाँकेकाे संयाेजकमा ददेल चयन
  • काँचुली खबर

२ असार, नेपालगन्ज । नरेन्द्र ददेलको संयोजकत्वमा वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समिति गठन गरिएको छ । नेकपा माओवादी केन्द्रको भातृसंगठनको रुपमा रहेको वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समितिको शनिवार एक कार्यक्रमका बीच जिल्ला नेतृत्व चयन गरिएको हो ।

ददेलको संयोजकत्वमा सह-संयोजक सुनिल गिरी, लाल बहादुर खड्का र सचिवमा सुजल खड्का चयन भएका छन ।

वाइसीएल बाँकेको कार्यसमितिले बिस्तारै पुर्णता पाउने स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्ण कुमारी सुवेदी (सिला) ले वाइसीएल बाँकेले आफ्नो दायित्व निर्वाह गर्दै अगाडि बढ्न निर्देशन दिईन ।

उनले नवनिर्वाचित नेतृत्वलाई बधाई दिदै सबै जना एक ढिक्का भएर संगठनको हितमा अगाडि बढ्न आग्रह गरीन । इन्चार्ज सुवेदीले पार्टीको स्प्रीट अनुसार चल्नुपर्ने बताईन ।

यस्तै नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले जसरी नेतृत्व लिन तम्सिनु भएको छ त्यसरी नै संगठन निर्माणमा जुट्न वाइसीएल बाँके नवनिर्वाचित नेतृत्वलाई निर्देशन दिए ।

वाइसीएल बाँकेले तत्काल पालिका स्तरीय कमिटि बनाउन पहल थाल्ने नवनिर्वाचित संयोजक नरेन्द्र ददेलले बताए । संगठनको नीति विधि अनुसार आफूहरु चल्ने सचिव सुजल खड्काले बताए ।

  • २ असार २०८१, आईतवार ०८:२० प्रकाशित
  • Nabintech