ब्राउन सुगर सहित कोहलपुरबाट २ जना पक्राउ
  • काँचुली खबर

१० जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषधसहित कोहलपुरबाट २ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ मन्नापुरबाट ७ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित २ जना रंगेहात पक्राउ परेका हुन ।

बिहीबार बिहान ११ बजेको समयमा लागू औषध ब्राउन सुगरको कारोबार भईरहेको गोप्य सुचनाका आधारमा खटीएको प्रहरी टोलीले कोहलपुर नगरपालिका-८ बस्ने ३१ वर्षको गौरीशंकर थारू र सोही ठाँउको वर्ष १६ को आकाश थारूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनाको शरीर खान तलासी गर्दा आकाश थारुको साथबाट ७ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भैरहेको सुचना अधिकारी देवराज भट्टराईले जानकारी दिएका छन ।

  • १० जेष्ठ २०८१, बिहीबार १७:१५ प्रकाशित
  • Nabintech