जुना बोहराको अवस्था सार्वजनिक गर्न माग गर्दैै अस्पतालमा धर्ना
  • काँचुली खबर

२१ बैशाख, कोहलपुर । सडक दुर्घटनामा घाईते भएकी जुना बोहराको अवस्था सार्वजनिक गर्न माग गर्दै उनका आफन्तहरुले नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा धर्ना दिएका छन ।

बैशाख १५ गते कोहलपुर ११ तेह्र विगाह चोकमा पानी बोक्ने पिकअप भ्यानले ठक्कर दिंदा घाईते भएकी बोहरालाई अस्पताल प्रशासनले बन्धक बनाएको भन्दै आफन्तहरुले सार्वजनिक गनुपर्ने माग राखेका हुन ।

अस्पताल प्रशासनले उपचारको नाममा बिगत ६ दिनदेखि बोहरालाई बन्धक बनाएर राखेको उनिहरुको आरोप छ । घटना लगत्तै घाईतेलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएकोमा मध्यपश्चिम पानी उद्योगका संचालन समेत रहेका उक्त अस्पतालका कर्मचारीको दवावमा महिलालाई अस्पतालभित्रै बन्धक बनाईएको पिडित पक्षको भनाई छ ।

घाईते जुना बोहराका दाजु जिवराज बोहराले उपचार गर्दा धेरै खर्च हुने र जिवित भएपछि उनको भरन-पोषण गर्नुपर्ने भएकाले त्यहाँ कार्यरत कर्मचारी समेत रहेका मध्यपश्चिम पानी उद्योगका मालिक उदित बाबु रेग्मीको सेटिङमै जुनाको देहलिला समाप्त पार्ने षड्यन्त्र भएको बताए । अब सास होस या लाश केहि नबुझने र बुझनै परे मंगलबार राति अस्पतालको आईसियु कक्षमा के कस्तो चलखेल भयो र को-को आईसियु कक्षमा प्रवेश गरी के-के गरेका थिए त्यसको सिसि टिभि फुटेज सार्वजनिकको माग गर्दै अस्पताल परिसरमा धर्ना बसेको बताए ।

तर अस्पताल प्रशासनले भने पिडित पक्षसँग सहमति भएपछि मात्र घाईतेको अवस्था बताउने भन्दै बार्गेनिङ गर्न थालेपछि पिडित पक्ष आन्दोलनमा उत्रिएको हो ।

घाईते जुनाको अवस्था मंगलबारसम्म ठिकै थियो । सामान्य रूपमा बोल्दै गरेकी जुनालाई अस्पताल प्रशासनले बुधबार अकस्मात कोमामा पुगेको बताएपछि घटनाले अर्कै रूप लिएको हो । मंगलबारसम्म अस्पतालमै बन्धक बनाएर अन्यत्र रिफर गर्न नमानेको अस्पताल प्रशासनले बुधबार एकाएक भेन्टिलेटर सहितको एम्बुलेन्स मगाएर अन्यत्र लैजान पिडित पक्षलाई दवाव दिनुले घटना थप शंकास्पद बन्न पुगेको छ ।

घाईतेलाई बन्धक बनाएर सहमती गर्न अस्पताल प्रशासनको दवाव

  • २१ बैशाख २०८१, शुक्रबार १६:०० प्रकाशित
  • Nabintech