२१ बैशाख २०८१, शुक्रबार
नेपालगन्जबाट कटुवा पेस्ताेल सहित तीन जना पक्राउ
  • काँचुली खबर

११ बैशाख, नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३, लोनियनपुरुवाबाट सोमबार एक थान कटुवा पेस्तोलसहित तीन जना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए ।

कटुवा पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ का सदराम बागवान, सोही ठेगाना भएका साकिर अलि बागवान र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ का हुसेन बागवानलाई पक्राउ गरिएको उनले बताए ।

प्रनाउ डाँगीका अनुसार भे ६ प ४९०२ नम्बरको होण्डा साइन मोटरसाइकलमा सवार तीनै जनालाई शङ्का लागि चेकजाँच गर्दा हुसेन बागवानको साथबाट कटुवा पेस्तोल एक थान, उक्त पेस्तोलमा प्रयोग हुने 12KF96  लेखेको गोली एक थान र तीन थान मोबाइल समेत बरामद गरिएको हो ।

पक्राउ परेका तीनै जनाका बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको बाँके प्रहरीले जनाएको छ ।

  • ११ बैशाख २०८१, मंगलवार ०९:२६ प्रकाशित
  • Nabintech