२१ बैशाख २०८१, शुक्रबार
राँझामा दिनदहाडै खुडा प्रहार गर्न खोज्ने युवा पक्राउ
  • काँचुली खबर

८ बैशाख, नेपालगन्ज । नेपालगन्जको राझा चोकमा दिनदहाडै खुडा प्रहार गर्न खोज्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० स्थित राझा ऐयरपोर्ट चोकमा मोबाइल पसल चलाएर बसिरहेका पृथीबहादुर बुढालाई दिनदहाडै खुडा प्रहार गर्न खोज्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउपालिका वडा नं. २ घर भएर राझा एयरपोर्ट नजिक बस्ने पवन कोइराला रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले धारिलो हतियार खुडा प्रहार गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरिएको बताए ।

उक्त घटनाबारे आवस्यक थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।

मोबाइल पसल संचालक बुढालाई खुडा निकाली पछाडीबाट गर्धनमा प्रहार गर्न खोजिएको स्थानियले बताएका छन । कोइरालासँग आफ्नो कुनै रिसईबी समेत नभएको र खुडा उचाली गर्धनतर्फ प्रहार गर्न थालेको अवस्थामा छिमेकीले उनको हात समाती प्रहार गर्नबाट रोकेको बुढाले बताए ।

बुढाले आफ्नो ज्यानै लिने उद्देश्यका साथ उक्त घटना घटाइएकोले आवस्यक छानबिन गरेर करबाही गर्नका लागि उनिविरुद्ध तत्काल प्रहरी कार्यालयमा जोहरी दिने बताएका छन ।

  • ८ बैशाख २०८१, शनिबार १६:३२ प्रकाशित
  • Nabintech