२० बैशाख २०८१, बिहीबार
८५० ग्राम सुन सहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ
  • काँचुली खबर

७ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुन बरामद गरेको छ । भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए ।

अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनी सुन सहित पक्राउ परेकी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसअघि बुधबार पनि विमानस्थलबाट बेवारिसे अवस्थामा सुन बरामद भएको थियो । विमानस्थल भएर पटक पटक सुन तस्करीका हुने गरेका छन् ।

  • ७ बैशाख २०८१, शुक्रबार १६:१६ प्रकाशित
  • Nabintech