२० बैशाख २०८१, बिहीबार
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
  • काँचुली खबर

७ बैशाख, काठमाडौँ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् ।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

  • ७ बैशाख २०८१, शुक्रबार १५:२५ प्रकाशित
  • Nabintech