२० बैशाख २०८१, बिहीबार
आगलागीबाट दाङमा ८७ वर्षिय वृद्धको मृत्यु
  • काँचुली खबर

७ वैशाख, दाङ । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७ वर्षीय वीरबहादुर बोटे छन् ।

आगलागीमा भएको समयमा घरभित्र कागजात लिन जाँदा उनी जल्न पुगेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । मृतक बोटेको गोठबाट सुरु भएको आगलागी उनको घर हुँदै अन्य दुई घर पनि जलेर नष्ट भएका छन् ।

आगलागी बिहीबार ५ बजे आगलागी भएपनि लमही नगरपालिकाबाट झन्डै ३० किलोमिटरको दूरीमा रहेको उक्त गाउँमा दमकल पुग्न समय लागेको थियो ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो बिहीबार राति नै राती नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

  • ७ बैशाख २०८१, शुक्रबार ०९:४८ प्रकाशित
  • Nabintech