१६ चैत्र २०८०, शुक्रबार
गर्भवती महिलालाई भियग्रा खुवाउँदा ११ बच्चाको मृत्यु !
  • काँचुली खबर

एजेन्सी- नेदरल्यान्ड्समा यौनवर्द्धक औषधि भियग्रा गर्भवती महिलामाथि परीक्षण गर्दा ११ शिशुको मृत्यु भएको छ। ती शिशुको मृत्युपछि तत्कालका लागि यो अध्ययन नै रोकिएको छ ।

अध्ययनमा सहभागि महिलाहरुलाई भियग्रा दिइएको थियो । यसमा सहभागि महिलाहरुको पाठेघर केही कमजोर थियो । यो औषधिको प्रयोगले गर्भमा रहेका बच्चाहरुको फोक्सोमा असर पुर्याएको अनुमान गरिएको छ । यौ औषधि सेवन गरेपछि रगतको प्रवाह बढ्छ । विशेषज्ञका अनुसार यसबारे थप अध्ययन सुरु भइसकेको छ । योभन्दा पहिले यस्तै खाले अध्ययन बेलायत, न्युजिल्यान्ड, अष्ट्रेलियामा पनि गरिएको थियो । तर, त्यहाँ कुनै मानवीय क्षति भएको थिएन ।

कमजोर पाठेघर भएकै कारण यो दुर्घटना भएको हुनसक्ने अनुमान छ । यो अध्ययनका लागि ९३ महिलालाई भियग्रा दिइएको थियो । तीमध्ये २० महिलाका शिशुमा फोक्सोसम्बन्धि समस्या देखियो । यीमध्ये ११ को मृत्यु भएको हो ।

लिभरपुल विश्वविद्यालयका प्रोफेसर जर्को अल्फिरेविचले भनेका छन्य_सअघि यस्तो समस्या आएको थिएन, त्यसैले यसको विस्तृत जाँच जरुरी छ ।

  • ९ श्रावण २०७५, बुधबार ०७:३९ प्रकाशित
  • Nabintech