१८ बैशाख २०८१, मंगलवार
नेपालसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो साउदी
  • काँचुली खबर

५ बैशाख, काठमाण्डौं । साविक विजेता नेपालसँग पराजित हुँदै साउदी अरब एसीसी प्रिमियर कपको समूह चरणबाटै बाहिरिएको छ।

समूह चरणको अन्तिम बुधबार नेपालसँग ६ विकेटले पराजित हुँदै साउदी प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।

८ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रन लक्ष्य नेपालले ७।२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य भयो ।

समूह ‘ए’ बाट हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । बुधबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको थियो । बुधबारको खेलमा नेपाललाई हराउन सकेको भए साउदी अरेबिया नेट रन रेटका आधारमा हङ्कङलाई पछि पार्दै अन्तिम चारमा पुग्ने थियो ।

  • ५ बैशाख २०८१, बुधबार १६:०४ प्रकाशित
  • Nabintech