३० बैशाख २०८१, आईतवार
सामुदायिक वनबाट सल्कीएको आगोले २४ घर ध्वस्त
  • काँचुली खबर

१६ वैशाख, देउखुरी । दाङको राजपुर गाउँपालिका–७ हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन । राजपुर गाउँपालिका–७ का वडाध्यक्ष पुष्कर वलीका अनुसार आगलागीबाट २५ घरमध्ये २४ घर नष्ट भएका हुन ।

वडाध्यक्ष वलीका अनुसार आइतबार दिउँसो ११ बजे हावा चलेको बेला नजिकै बाँकेको गाईघाट सामुदायिक वनमा आगलागी भएपछि आगो बस्तिमा पसेको हो ।

गाउँपालिका–७ हाडबास निवासी सिता भण्डारीको घरबाट आगलागी हुन सुरु भएको थियो । जलेका अधिकांश घर काठले बनेका र खरका छाना छन् । यसकारणले पनि आगो नियन्त्रणमा आउन समय लागेको स्थानीयको भनाइ छ ।

  • १६ बैशाख २०८१, आईतवार १६:५१ प्रकाशित
  • Nabintech