१८ बैशाख २०८१, मंगलवार
जमुनाह नाकाबाट १२८० प्याकेट खुकुरी चुरोट बरामद
  • काँचुली खबर

५ वैशाख, काठमाडौं । बाँकेको जमुनाह नाकाबाट भारत लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको १२८० प्याकेट खुकुरी चुरोट बरामद गरेको हो ।

अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोट बरामद गरेको हो ।

चुरोटसहित ढुवानीमा संलग्न तीन जना व्यक्ति पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बरामद भएको चुरोटसहित पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालय पठाइएको छ ।

  • ५ बैशाख २०८१, बुधबार १२:३४ प्रकाशित
  • Nabintech