१७ बैशाख २०८१, सोमबार
भुकम्प प्रभावितलाई ५०० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
  • काँचुली खबर

४ बैशाख, जाजरकाेट । भुकम्प प्रभावित जाजरकोटका ५०० विद्यार्थीहरूलाई इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरीएको छ ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत ५०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरीएकाे हाे ।

मंगलबार विद्यालय प्राङ्गणमा आयाेजित कार्यक्रममा बाेल्दै विद्यालयका प्रधानाध्यापक गोरख बहादुर सिंहले उक्त सहयाेगले विद्यार्थीहरूको शिक्षण सिकाई क्रियाकलापमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले जाजरकोट जिल्लाको विकट वडामा रहेको आफ्नो विद्यालयका वालवालीकाहरूलाई शैक्षिक सामग्री र कपडा बितरण गरेकोमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र ओरेगन नेपाली समाजलाई धन्यवाद ब्यक्त गरे ।

उक्त कार्यक्रममा ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङले जाजरकोटमा गएकाे भुकम्प र त्यसले पुर्याएकाे क्षतीले विदेशमा रहेका नेपालीहरूलाई पीडा भएकाे उल्लेख गर्दै भुकम्प प्रभावित विद्यार्थीहरूलाई थाेरै मात्रामा भएपनि सहयोग गर्न र प्रत्यक्ष रूपमा भेट्न पाउदा आनन्द लागेकाे बताए ।

परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विद्यार्थीहरू राष्ट्रका वर्तमान र भविष्य भएकाले असल व्यक्ति निर्माणमा सबैले विशेष ध्यान दिनुपर्ने बताउदै विद्यार्थी परिषद्ले निरन्तर सेवा कार्य गरिरहेको उल्लेख गरे ।

उक्त कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल र ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङलाई विद्यालयकाे तर्फबाट अभिनन्दन सहित सम्मान पत्रले सम्मान गरीएकाे थियाे ।

कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङ, सीता माध्यमिक विद्यालयका प्राचार्य गोरख बहादुर सिंह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकेन्द्र नेपाली, विद्यार्थी परिषद्का सगरमाथा र जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, विद्यार्थी परिषद्का सुदूरपश्चिम र कर्णाली प्रदेश संगठन सचिव तथा राष्ट्रिय जनजाति कार्य प्रमुख चन्द्रशेखर जोशी, बारेकोट ५ नम्बरका वडाअध्यक्ष गोरख बहादुर थापा, विद्यालयका शिक्षक, अभिभावक तथा जनप्रतिनिधि लगायत उपस्थिति रहेको थियो ।

  • ४ बैशाख २०८१, मंगलवार २०:३९ प्रकाशित
  • Nabintech