१५ जेष्ठ २०८१, मंगलवार
२७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा
  • काँचुली खबर

४ बैशाख, बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला परेको हो ।

नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र भारत घर भएका ३६ बर्षिय चालक सतनम सिंहलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाईएको छ ।

  • ४ बैशाख २०८१, मंगलवार १८:१८ प्रकाशित
  • Nabintech