४ बैशाख, कोहलपुर । बैजनाथ गाँउपालिका ५ चन्नहवाका लाहनु चौधरी ४ वर्ष बिदेशमा बसे । राम्रो कमाई हुने आशले झण्डै १८ वर्ष पहिले दुबई पुगेका चौधरीले सोचेजस्तो काम पाएनन् । दलाल मार्फत दुबई पुगेका चौधरीलाई मासीक २० हजार रुपैयाँ बचत गर्न समेत हम्मेहम्मे पर्यो । बिदेशमा दुख भोेगेका चौधरी त्यसपछि नेपाल फर्किए ।
चौधरीको परीवार पहिलेदेखी नै कृषि पेशामा आवद्ध थियो । आफ्नो पुर्ख्यौली पेशा छाडेर बिदेशीएका लाहनुले स्वदेश फर्किएर पुरानै पेशालाई निरन्तरता दिने योजना बनाए । विदेशको सपना त्यागेर गाउँ फर्किएका लाहनुले थोरै लगानीमा आफ्नै बारीमा तरकारी खेती सुरु गरे । उनलाई बृद्ध बुवा तथा श्रीमतीले समेत राम्रो साथ दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

बिस्तारै ब्यवसाय फस्टाउँदै गएपछि चौधरीले साढे आठ कठ्ठा जमिन भाडामा लिएर तरकारी खेतीलाई थप बिस्तार गरे । आफ्नै करेसाबारीबाट ब्यवसायीक तरकारी खेती सुरु गरेका चौधरीले अहिले १ बिगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन ।
बाह्रै महिना तरकारी खेती गर्ने चौधरीको बारीमा अहिले करेला, काँक्रा, भिण्डी, फर्सी, बोडीले भर्खरै फुल खेल्न थालेका छन । टमाटर, भान्टा, गोभी, काउली र खुर्सानी भने उत्रिने तरखरमा रहेको चौधरीले बताए ।

बिगत १५ वर्षदेखी कृषि कर्ममा रमाईरहेका चौधरी कृषि ब्यवसायबाट राम्रै आम्दानी गर्न सकिने अनुभव सुनाउँछन । “मौसमअनुसारको तरकारी उत्पादन भइरहेको छ, बजारलाई कुनै समस्या छैन”, चौधरीले भने “आम्दानी पनि राम्रै छ, पेशाबाट सन्तुष्ट छु ।”

पछिल्लो समय विदेशबाट फर्केर कृषि उद्यममा लाग्नेको संख्या बढ्दो छ । त्यस्ता उद्यमीलाई सरकारले पनि विशेष अनुदान, सहुलियत दरको ऋण र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । स्थानिय सरकारले समेत बिभिन्न समयमा अनुदान उपलब्ध गराउँदै आएको चौधरीले बताए । तरकारी खेतीकालागी बैजनाथ गाँउपालिकाले ५० प्रतिशत अनुदानमा मोटर उपलब्ध गराएको र मौसम अनुसार बिउबिजनमा समेत अनुदान दिने गरेको चौधरीले बताए ।

तिन सन्तान (दुई छोरा, एक छोरी), श्रीमती र बृद्ध बुवाको जिम्मेवारी समेत सम्हालेका चौधरीले कृषि पेशाबाटै घर ब्यवहार चलाईरहेका छन । श्रम र सीप प्रयोग गरेर गाउँमै व्यावसायिक बन्न सके रोजगारीका लागि भौंतारिनु पर्दैन भन्ने सन्देश चौधरीले दिएका छन ।
४ बैशाख २०८१, मंगलवार ०९:२३ प्रकाशित