१७ बैशाख २०८१, सोमबार
मलेसिया भर्सेस साउदी : दिपेन्द्रलाई ‘प्लेयर अफ द म्याच’ ट्रफी !
  • काँचुली खबर

२ बैशाख, काठमाडौं । हिजो कतारविरुद्धको म्याचमा नेपालका अलराउन्ड दीपेन्द्रसिंह ऐरीले सनसनीपूर्ण प्रदर्शन गर्दै म्यान अफ द म्याच भए । उनले लगातार दोस्रो म्याचमा उत्कृष्ट खेलाडीको पुरस्कार पाएका हुन् ।

म्यान अफ द म्याच पुरस्कार पाएपछिको दीपेन्द्रको एउटा तस्बिर अहिले फ्यानहरूमाझ चर्चाको विषय बनिरहेको छ । उक्त तस्बिरमा दीपेन्द्रले ‘प्लेयर अफ द म्याचको ट्रफी समातेका छन् । तस्बिर सामान्य छ । फ्यानहरू गल्ती पत्ता लगाउन के चुक्थे । एक पटक नियालेर हेर्नुभयो भने तपाईँले पनि नोटिस गरिहाल्नु हुन्छ ।

दीपेन्द्रले बोकेको ट्रफीमा प्लेयर अफ द म्याचको मुन्तिर अलि सानो अक्षरमा लेखिएको छ, मलेसिया भर्सेस साउदी अरेबिया । अर्थात् अर्कै म्याचको पुरस्कार उनको हातमा परेको ट्रफी असम्बन्धित खेलको थियो ।

हिजो नै एसीसी प्रिमियर लिगमा मलेसिया र साउदी अरेबियाको पनि म्याच थियो । नेपाल र कतारको खेल पहिले सकिएर पुरस्कार वितरण भएको थियो । आयोजकका मानिसहरू झुक्किएर ट्रफी साटिएको बुझिएको छ ।

ओमान भ्रमणमा रहेको क्यान स्रोतले भन्यो, ‘उनीहरू सुरुमा झुक्किएर गलत ट्रफी दिएछन् । पछि साटियो ।’

यस विषयमा नेपाल क्रिकेट संघ ९क्यान० का म्यानेजर विनोद दासले अनभिज्ञता प्रकट गरे ।

उनले भने, ‘हामीलाई त केही पनि खबर छैन । यदि त्यस्तो हो भने त्रुटि भएको होला । नेपालको खेलको ट्रफी तयार नभइसकेर पनि हुन सक्छ ।’

  • २ बैशाख २०८१, आईतवार १४:०८ प्रकाशित
  • Nabintech