१७ बैशाख २०८१, सोमबार
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत
  • काँचुली खबर

३० चैत, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन् । ८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन् ।

मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको मत पाएका हुन् ।

मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा कांग्रेस र जनमत पार्टीको २८ मत परेको छ । शुक्रबारको लुम्बिनी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए । दुवै पार्टीसँग ३-३ जना सांसद छन् ।

महरालाई चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले चैत २५ गते प्रदेश प्रमुख शेरचन समक्ष शपथ ग्रहण गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएसँगै उनले एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका १-१ जना विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

  • ३० चैत्र २०८०, शुक्रबार १७:४७ प्रकाशित
  • Nabintech