हेनकाे राष्ट्रिय साधारण सभा भाेली काेहलपुरमा हुने
  • काँचुली खबर

२३ चैत्र, कोहलपुर । नेपाल स्वास्थ्य शिक्षा संघ (हेन) काे केन्द्रीय साधारण सभा बाँकेकाे काेहलपुरमा हुने भएकाे छ । त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य मन्त्रालय र गैरसरकारी संगठनहरुमा आवद्ध स्वास्थ्य तथा शिक्षा क्षेत्रका विज्ञहद्वारा २०४७ सालमा स्थापना भएकाे हेनकाे १६ औं बार्षिक साधारण सभा तथा प्रथम लुम्विनीस्तरीय प्रदेश अधिबेशन कोहलपुर हुन लागेकाे हाे ।

चैत्र २४ गते काेहलपुर १२ चप्परगाैंडिकाे होटेल रिभर साईटमा हुने साधारण सभा तथा प्रदेश अधिवेशनले नेपालमै पहिलाे पटक लुम्बिनी प्रदेशस्तरीय कमिटि समेत विस्तार गर्ने हेनका महासचिव  डा. भगवान अर्यालले जानकारी दिए ।

साधारण सभा तथा अधिबेशनको पुर्व सन्ध्यामा कोहलपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै त्रिभुवन विश्वविद्यालयका स्वास्थ्य जनसंख्या विभाग प्रमुख समेत रहेका हेनका महासचिव डा. अर्यालले राज्य स्वास्थ्य तथा शिक्षाका विषयमा गम्भिर नभएको भन्दै विद्यालय तथा विश्वविद्यालयका पाठयक्रमहरुमा स्वास्थ्य शिक्षालाई ऐक्षिक विषय राखेर गम्भिर त्रुटि गरीएकाे जिकिर गरे ।

महासचिव अर्यालले कोहलपुरमा रहदा बिभिन्न क्षेत्रमा क्रियाशिल शिक्षक, प्राध्यापक तथा विद्यार्थीहरु माझ रहेर स्वास्थ्य तथा शिक्षाका बारेमा अनुशिक्षण समेत प्रदान गर्ने कार्यक्रम तय भएकाे जानकारी दिए ।

संस्थाले स्वास्थ्य तथा शिक्षा सम्बन्धि नीति निर्माणकालागी निरन्तर पैरवी गर्दै आईरहेकाे जिकिर गर्दै अर्यालले विद्यालय, कार्यस्थल र जनसमुदायमा सहयोगी वातावरणको सिर्जना गर्ने कार्यमा सहजीकरण गरी आम जनसमुदायको स्वास्थ्य अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

काेहलपुरमा भाेली (शनिबार) हुने संघको १६ औं वार्षिक साधारण सभा तथा लुम्बिनी प्रदेश अधिवेशनसँगै स्वास्थ्य तथा शिक्षामा अनुसन्धान र नवप्रवर्तनको उन्नयन विषयक राष्ट्रिय सेमिनारको समेत आयोजना गरीएकाे डा. अर्यालले जानकारी दिए ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालको प्रमुख अतिथ्यतामा आयोजना हुने कार्यक्रमको सिकेलसेल एनिमियामाका बारे प्रस्तुतिकरणका साथै तीनवटा कार्यपत्रहरू प्रस्तुत गरिने हेनका उपाध्यक्ष तथा केन्द्रिय क्याम्पसका उप प्राध्यापक डा. कल्पना ज्ञवालीले जानकारी दिईन ।

कार्यक्रममा ‘नेपालमा स्वास्थ्य शिक्षा शिक्षणका सम्भावना र चुनौति’ विषयक विज्ञ समूहसँग छलफल समेत गरिने आयोजकले जनाएकाे छ । साथै चैत्र २६ गते बागेश्वरी बहुमुखी क्याम्पसका स्रातकोत्तर तहका विद्यार्थीहरूका लागि शोधपत्र लेखन सम्बन्धी तालिम समेत सन्चालन गरिने बताईएकाे छ ।

पत्रकार भेटघाटमा त्रिभुवन विश्वविद्यालयका स्वास्थ्य जनसंख्या विभाग प्रमुख तथा हेनका महासचिव डा. भगवान अर्याल, हेनका उपाध्यक्ष तथा केन्द्रिय क्याम्पसका उप प्राध्यापक डा. कल्पना ज्ञवाली, कोषाध्यक्ष एवं ठाकुरराम क्याम्पसका उप प्राध्यापक डा. सुबास प्रसाद, केन्द्रय सदस्य डा. मोहन कुमार शर्मा, नर्सिंङ प्राध्यापक डा. ज्ञानु केसि एवं बागेश्वरी वहुमुखि क्याम्पस शिक्षाशास्त्र संकायका विभागिय प्रमुख ज्ञानेन्द्र शाहि लगाएतको उपस्थिती रहेको थियो ।

  • २३ चैत्र २०८०, शुक्रबार २०:५१ प्रकाशित
  • Nabintech