१९ बैशाख २०८१, बुधबार
राजीनामा दिने तयारीमा कर्णालीका मुख्यमन्त्री
  • काँचुली खबर

२१ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका उनी पार्टीभित्र र एमालेका नेताहरूसँगको लामो छलफलपछि राजीनामा दिन तयार भएका हुन् ।

नेकपा माओवादी कर्णाली प्रदेश प्रदेश इन्चार्ज कालीबहादुर मल्लले शर्मा राजीनामा दिन तयार भएको बताए । उनले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने या त्यसअघि नै दिनेबारे भने केहीबेरमा टुंगो लाग्ने उनको भनाइ छ । बुधबार नै ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।

केन्द्रमा कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएपनि मुख्यमन्त्रीसहितका केही नेताहरूले एमालेलाई नेतृत्व हस्तान्तरण गर्न आनाकानी गर्दै आएका थिए । पार्टीभित्रै निर्णय कार्यान्वयन हुन समस्या भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता महेन्द्र बहादुर शाहीलगायतका नेतालाई सुर्खेत पठाएका थिए भने मंगलबार र बुधबार निरन्तर सहमतिको प्रयास गरेका थिए । सहमतिअनुसार पहिलो चरणमा एमालेले नेतृत्व लिने र दोस्रो चरणमा माओवादीबाटै मुख्यमन्त्री बन्ने बताइएको छ ।

  • २१ चैत्र २०८०, बुधबार १५:२६ प्रकाशित
  • Nabintech