१७ बैशाख २०८१, सोमबार
खजुरामा घाँटी रेटीएको अवस्थामा फेला परे श्रीमान-श्रीमती
  • काँचुली खबर

१९ चैत्र, नेपालगन्ज । बाँकेमा अपराधिक गतिविधि ह्वात्तै बढेको छ । नेपालगन्जमा घाँटी रेटेर फालीएको अवस्थामा एक युवाको शव भेटिएकै अर्को दिन आज (सोमबार) एक दम्पती घाँटी रेटिएकै अवस्थामा भेटिएका छन ।

खजुरा गाँउपालिका ३ बि गाँउमा घाँटी रेटिएकोे अवस्थामा एक दम्पती भेटिएका हुन ।

प्रहरीका अनुसार खजुरा ३ बि गाउँका अन्दाजी २५-२६ वर्षका श्रीमान महेन्द्र रावत र उनकी श्रीमती गितासिंह ठकुरी धारिलो हतियारले घाँटी रेटेर अवस्थामा भेटिएका हुन् ।

गम्भीर अवस्थामा रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पुर्‍याएको छ ।

उनिहरुको अवस्था गम्भीर रहेकाले भेरी अस्पतालले दुबै जनालाई नेपालगन्ज मेडिकल कलेजमा रिफर गरेको भेरी अस्पतालले जनाएको छ । उनिहरुको उपचार नेपालगन्ज मेडिकल कलेजमा भइरहेको र अवस्था गम्भीर रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले घटना रहस्यमय रहेको बताए । उनका अनुसार दुबैजनाले एक अर्काको घाँटी रेटेका हुन् कि उनिहरुलाई कसैले घाँटी रेटेर हत्या गर्न खोजेको हो सो बारेमा अनुसन्धान भइरहेको छ ।

  • १९ चैत्र २०८०, सोमबार १६:४१ प्रकाशित
  • Nabintech