२५ बैशाख २०८१, मंगलवार
नेपालगन्जमा घाँटी रेटिएको अवस्थामा युवाको शव भेटियो
  • काँचुली खबर

१८ चैत्र, नेपालगन्ज । बाँकेको नेपालगन्जमा घाँटी रेटिएको अवस्थामा एक युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-२१ विर्तामा सोही ठाँउमा अन्दाजी २०-२२ वर्षीय अरबी खाँको शव फेला परेको हो ।

घाँटी रेटिएको अवस्थामा खाँको शव फेला परेको डाँगीले बताए । उनको शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको छ ।

घटना रातीको भएपनि प्रहरीले घटनाबारे विहानमात्रै थाहा पाएको थियो । अरबी पूर्व वडाअध्यक्ष रन्जित खाँका नाती भएको खुलेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

  • १८ चैत्र २०८०, आईतवार १६:३१ प्रकाशित
  • Nabintech