१५ बैशाख २०८१, शनिबार
नेपालगन्ज महाेत्सवमा आज राम जि खाँड र प्रिती आले आँउदै
  • काँचुली खबर

१३ चैत्र, नेपालगन्ज । नेपालगन्जको वाटरपार्कमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवं पर्यटन महोत्सवमा आज राम जि खाँड, प्रिति आले, टीका सानु सहितका कलाकार आउने भएका छन ।

महोत्सवको साताैं दिन आज मंगलबार प्रिति आलेसँगै चर्चित गायीका टिका सानु, गायक राम जि खाँड र गायिका शाेभा त्रिपाठीको प्रस्तुती रहने झाँकी तथा कला सस्कृती ब्यबस्थापन उपसमितिका संयोजक अमृत सिग्देलले जानकारी दिए ।

सिग्देलका अनुसार राष्ट्रिय कलाकारसँगै स्थानिय कलाकारको समेत जोडदार प्रस्तुती रहने छ ।

चैत्र ६ गतेदेखी संचालन भएको महोत्सवमा दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुतीमा हेर्ने आउने दर्शकको संख्या बढ्दै गएको महोत्सव आयोजक मुल समिति संयाेजक मधु खड्काले जानकारी दिईन ।

खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् ।

महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सह-आयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ ।

  • १३ चैत्र २०८०, मंगलवार ०९:०२ प्रकाशित
  • Nabintech