१५ बैशाख २०८१, शनिबार
नेपालगन्ज महोत्सवमा आज चर्चित र्‍यापर डोङ्ग आउँदै
  • काँचुली खबर

१० चैत्र, नेपालगन्ज । नेपालगन्जको वाटरपार्कमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवं पर्यटन महोत्सवमा आज चर्चित र्‍यापर डोङ्ग सहितका कलाकार आउने भएका छन ।

महोत्सवको पाँचौ दिन आज शनिबार डोङ्ग सँगै चर्चित गायीका टिका पुन, मोडल आरुसी मगर तथा गायीका रुपा घर्ती मगरको प्रस्तुती रहने झाँकी तथा कला सस्कृती ब्यबस्थापन उपसमितिका संयोजक अमृत सिग्देलले जानकारी दिए ।

सिग्देलका अनुसार राष्ट्रिय कलाकारसँगै स्थानिय कलाकारको समेत जोडदार प्रस्तुती रहने छ ।

चैत्र ६ गतेदेखी संचालन भएको महोत्सवको चौथो दिन शुक्रबार दर्शकको उत्साहपूर्ण सहभागिता देखिएको थियो । यसअघि बिहीबार ज्योती मगरको बेजोड प्रस्तुतीले महोत्सव स्थल तातिएको थियो ।

दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुतीमा हेर्ने आउने दर्शकको संख्या बढ्दै गएको महोत्सव आयोजकले जनाएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति ९महिला उद्यमी समिति० बाँकेकी अध्यक्ष मधुकुमारी खड्काले लगातार बिदा परेकाले दर्शकको उपस्थिती आगामी दिनमा झनै बढेर जाने बताईन ।

धम्बोझी, वाटरपार्क, विशालनगर, तेजनगर, कारकाँदो, पुष्पलाल चोक लगायतको क्षेत्रबाट स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । महोत्सव हेर्न आएका दर्शकले घरअगाडी साँझसम्म सञ्चालनमा रहेको महोत्सवमा सपरिवार आउँदा छुट्टै अनुभूति भएको प्रतिक्रिया दिए । राती ८ बजेसम्म चल्ने महोत्सवको सांगातिक कार्यक्रम कुनै कन्सर्ट भन्दा कम छैन ।

डिजे लाईट र दमदमार साउण्ड सिस्टमका साथ कलाकारले आफ्नो प्रस्तुती राख्दा कन्र्सट आयोजना गरिएको जस्तो महसुस भएको महोत्सव स्थल पुगेका दर्शकको प्रतिक्रिया छ।

महासंघ बाँकेका खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् ।

महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

साथै महोत्सवमा विहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । शुक्रबारको महोत्सव पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले सञ्चालन गरेको थियो । भने शनिबार हुने महोत्सवको सञ्चालन तिलक गाउँले तथा रुपा घर्तीमगरले गर्ने छन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सह-आयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ ।

  • १० चैत्र २०८०, शनिबार १०:४३ प्रकाशित
  • Nabintech