१५ बैशाख २०८१, शनिबार
मदनचाेकमा भएकाे सडक दुर्घटनामा एक जनाकाे मृत्यु
  • काँचुली खबर

४ चैत्र, काेहलपुर । बाँकेको कोहलपुरमा भएकाे सडक दुर्घटनामा  एक जनाको ज्यान गएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोक नजिकै मैटहवामा कोहलपुरबाट धनगढी तर्फ जाँदै गरेको लु २ ख ४४९२ नम्बरको फोर्स गाडि र मैटहवाबाट कोहलपुर तर्फ आउदै गरेको भे १२ प ४०५३ नम्बरको मोटरसाइकल रोड क्रस गर्ने क्रममा दुर्घटना हुदा मोटरसाइकलमा सवार कोहलपुर वडा न १५ बस्ने ५७ वर्षिय अटानी थारु मृत्यु भएको प्रहरीले जानाएकाे छ ।

थारुलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको र उपचारको क्रममा थारुको मृत्यु भएको प्रहरिले जनाएको छ ।

फोर्स गाडी र चालक प्रहरिको नियन्त्रणमा रहेको छ । मोटरसाईकल चालक कोहलपुर १५ का ६२ बर्षिय मगता थारु भने सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

  • ४ चैत्र २०८०, आईतवार १६:३३ प्रकाशित
  • Nabintech