१७ बैशाख २०८१, सोमबार
झण्डै ६ लाख नगद सहित बाँकेको शम्सेरगंजबाट दुई जना पक्राउ
  • काँचुली खबर

१ चैत्र, कोहलपुर । राप्तिसोनारी गाउँपालिका-८ शम्सेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

प्रहरी चौकी शम्सेरगंजबाट खटिएको प्रहरीले भे ९ प ५८४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

  • १ चैत्र २०८०, बिहीबार १४:५४ प्रकाशित
  • Nabintech