१७ बैशाख २०८१, सोमबार
बाँकेका सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा
  • काँचुली खबर

२९ फागुन, नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब-डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पार्धे बिरुद्ध मुद्दा गर्दा गरीएको जनाएका हुन । काठ चिरानका लागरी सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग सात हजार घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले पार्धेलाई नियन्त्रणमा लिएको थियो ।

पार्धेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु. ७,००० कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायको मागदाबी सहित पार्धे बिरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको घिमिरेले जानकारी दिए ।

  • २९ फाल्गुन २०८०, मंगलवार १८:२८ प्रकाशित
  • Nabintech