१५ बैशाख २०८१, शनिबार
राष्ट्रियसभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित
  • काँचुली खबर

२९ फागुन, काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा भएको निर्वाचनमा दाहालले ३९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनको विपक्षमा १७ मत प्राप्त भयो । राष्ट्रियसभामा आज मतदानका लागि ५६ जना सांसद उपस्थिति थिए । राष्ट्रिय जनमोर्चाले कसैलाई पनि मतदान गरेन ।

५९ जना सांसदमध्ये ५६ जनाको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मा पराजित भएका छन् ।

  • २९ फाल्गुन २०८०, मंगलवार १३:३६ प्रकाशित
  • Nabintech