१७ बैशाख २०८१, सोमबार
थाहापाउनुहोस् दाह्री पाल्नुको फाइदा
  • काँचुली खबर

१९ फागुन, काठमाडौं । पछिल्लो समय केही युवाहरू दारी पालेर पर्फेक्ट बन्ने सोचमा लागेका देखिन्छ । यति सम्म कि दारी पाल्ने एउटा ट्रेन्ड नै बनेको छ ।

कलेजमा पढ्ने विद्यार्थी हुन् वा अफिसमा काम गर्ने युवा कर्मचारी धेरैमा अहिले दाह्री पाल्ने शोख बढेको पाइन्छ । हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक गरेको छ । आज हामी दाह्री पाल्नुका फाइदाबारे जानकारी गराउँदैछौँ ।

यी हुन् दाह्री पाल्नुका फाइदा:

– चिसोमा न्यानो र गर्मीमा शीतल : दाह्रीले जाडो महिनामा अनुहारलाई चिसोबाट जोगाउने गर्छ ।

– दाह्री काटेकाहरूको अनुहारको छालामा सिधै सूर्यको किरण पर्ने हुँदा छाला कालो हुने र ओइलाउने हुन्छ तर दाह्री पाल्नेमा त्यो समस्या कम हुन्छ ।

– एलर्जीको समस्या छ भने पनि दाह्रीले सहयोग गर्ने अध्ययनले देखाएको छ ।

– यसले एलर्जेनलाई रोकेर एलर्जी हुन दिँदैन । दाह्रीले धेरैजसो घातक रोग लाग्नबाट जोगाउन सहयोग गर्दछ ।

– दाह्री जुँगाले पुरुषमा आत्मबल वृद्धि गराउने अध्ययनले देखाएको छ ।

– सूर्यको प्रत्यक्ष किरणबाट अनुहार जोगिने भएकाले कुनै दाग, धब्बा र डन्डिफोरको समस्याबाट पनि दाह्री पाल्नेहरू मुक्त हुने अध्ययनले देखाएको छ ।

– दाह्री काट्दा हुने खर्चबाट पनि मुक्त भइन्छ ।

  • १९ फाल्गुन २०८०, शनिबार १५:४२ प्रकाशित
  • Nabintech