११ बैशाख २०८१, मंगलवार
चौतर्फी आलोचनापछि कानून मन्त्री तामाङले राजीनामा दिने
  • काँचुली खबर

काठमाडौं– चौतर्फी आलोचनापछि कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिने भएका छन् । बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएका नेपाली चेलीहरुका बारेमा जथाभावी अभिव्यक्ति दिएपछि आलोचित भएका तामाङलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानून मन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको श्रोतले जनाएको छ । पार्टीको निर्देशन अनुसार तामाङले राजीनामाको तयारी गरेको नेकपाका एक नेताले बताए ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । यद्यपि आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए भन्दै तामाङले माफी मागेका थिए । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका नेता पशुपति शमशेर राणालाई पराजीत गर्दै तामाङ सिन्धुपाल्चोक- २ बाट विजयी भएका थिए ।

केपी ओली नेतृत्वको सरकारमा तामाङले २०७४ चैत १ गतेदेखि कानून न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

  • ८ श्रावण २०७५, मंगलवार १०:१९ प्रकाशित
  • Nabintech