१५ बैशाख २०८१, शनिबार
विद्यार्थीकाे भविष्य खाेज्दै ब्राईट लाईट एकेडेमी

ब्राईट लाईट एकेडेमिले कलेज स्थापना (२०७६) काल देखि नै ब्यबस्थापनमा कम्प्युटर साईन्स र शिक्षा संकायमा स्वास्थ्य, अंग्रेजी, गणित र नेपाली विषयमा अध्यापन प्रक्रियालाई निरन्तरता दिंदै आएको छ

  • प्रमाेद रिजाल

१४ फागुन, काेहलपुर । १२ कक्षा पास गरेपछि तेस्रो मुलुक ताक्ने विद्यार्थीहरुकालागि ब्राईट लाईट एकेडेमी कोहलपुर १ ले उनीहरुको भविष्य खोज्दै नेपालमै बसेर आम्दानि गर्न सक्ने विषयलाई यो आर्थिक वर्षदेखि लन्च गर्ने भएको छ । विभिन्न कलेजहरुमा होटेल म्यानेजमेन्टको बिषय अध्यापन भईरहेको अवस्थामा बाँकेको ग्रामिण स्तरका विद्यार्थीहरुलाई लक्षित गर्दै विद्यालयले होटेल म्यानेजमेन्ट बिषयलाई लन्च गर्न लागेको हो ।

स्मार्ट बोर्डको प्रयोग र विद्यालयको आफ्नै प्रयोगात्मक कक्ष सहित विद्यालयले नेपालका विभिन्न स्थानमा खोलिने तारे होटललाई आवश्यक पर्ने जनशक्ति तयार पार्ने उद्धेश्यका साथ बैजनाथका ग्रामिण वस्तिका विद्यालयहरुबाट विद्यार्थीहरु आफनो विद्यालयमा आएर अध्ययन गर्ने विश्वास विद्यालयका फाउन्डर प्रिन्सिपल गोविन्द चौधरीले ब्यक्त गर्छन । प्रारम्भिक सर्भेका क्रममा चिसापानी च्यामामा भेटिएका चौधरीले पुर्वि सुर्खेत र दक्षिण रुकुमलाई समेत लक्षित गरी आक्रामक फिल्ड भिजिटमा खटिएको पंत्तिकारसँगको बसाईमा भने ।

यसका अलावा ब्राईट लाईट एकेडेमिले यस अघि नै आफ्नो कलेज स्थापना (२०७६) काल देखि नै ब्यबस्थापनमा कम्प्युटर साईन्स र शिक्षा संकायमा स्वास्थ्य, अंग्रेजी, गणित र नेपाली विषयमा भने अध्यापन प्रक्रियालाई निरन्तरता दिंदै आएको छ ।

२०६४ सालमा स्थापना भएको ब्राईट लाईट एकेडेमीमा अहिले करिवन ७ सय बढि बालबालिकाहरुले अध्ययन गरिरहेका छन । ६३ जनाले छात्रवासमा नै बसेर आवासिय शिक्षा लिईरहेका छन भने कक्षा ८ र कक्षा १० का विद्यार्थीहरुको परिक्षा तयारीका लागि विद्यालयले आफ्ना विद्यार्थीहरुलाई प्रि टेष्ट र शैक्षिक पुनरावलोकनका कार्यक्रमलाई तिब्रता दिएको छ । एसईई र कक्षा ८ को परिक्षा विद्यालय भन्दा बाहिरबाट हुने र उनीहरुको उत्कृष्ट नतिजाकालागि विद्यालयले विद्यार्थीहरुलाई थप क्रियाशिल बनाउदै लगिएको विद्यालयका संस्थापक जानकी भट्टले बताईन ।

कक्षा ६ सम्म सेक्सनमा विभाजन गरी आफ्ना बालबालिकाहरुलाई अध्यापन गराउदै आएको ब्राईट लाईट एकेडेमीले ३५ जना जनशक्ति परिचालन गर्दै गुणस्तरीय शिक्षा दिने जर्मको गर्दै आएको छ । निजि विद्यालयहरुको भिडमा बिछट्टै पहिचान बनाउन सफल विद्यालयको यो ग्रोथलाई संस्थापकहरुको लगनशिलता, विश्वशनियता र अपनत्वको भावना नै भएको बताउँछन ब्राईट लाईट एकेडेमीका अभिभावक । नम्र ब्यबहार, मिठो वोलि, मिजासिलो आर्थिक सम्यम्ता र वालवालिका प्रतिको बलिष्ठ उत्तरदायित्ववहन गर्ने क्षमता बाेकेका फाउण्डर र शिक्षकहरुको उपजले नै आज ब्राईटलाईट एकेडेमीले आज यो उचाई चुमेको बताउछन बैजनाथ ३ का अभिभावक विवेक थारु ।

त्यसो त संस्थापक प्रिन्सिपल गोविन्द चौधरी स्वयं १० बर्ष बढि प्लान नेपालको बालविकास कार्यक्रमसँग सम्बन्धित ब्यक्ती हुन । बालबालिकाको संवेगात्मक विकास देखि उनीहरुको परिवर्तन हुने चरणवारे सुपरिचित चौधरीले बालविकासका कयौं टुल्सहरु आफ्नो विद्यालयमा समेत लागु गरेका छन ।

बालमैत्रि तथा पारिवारीक वातावरणमा विद्यार्थी केन्द्रित सिकाईलाई जोड दिंदै पुर्ण मन्टेश्वरी विधिद्धारा प्रि प्राईमरिका बालबालिकाहरुलाई अध्यापन गराईरहेको ब्राईट लाईट एकेडेमीले कम्युटर ल्याव, लाईब्रेरीमा समेत विद्यार्थीहरुलाई पहुचमा राख्न सफल भएको छ ।

ब्यबस्थित र आधुनिक कक्षा कोठा भएको ब्राईट लाईट एकेडेमीका आफ्नै तीन वटा अध्यापनका लागि प्रयाप्त भवन समेत रहेको भन्दै ब्राईटलाईट एकेडेमीका शिक्षक प्रविन गौतमले शिक्षक, कर्मचारी र विद्यार्थी बिचको पारस्परिक अनुशासनले मात्र शैक्षिक चक्रलाई सार्थकता दिन सकेको दावि गर्छन ।

प्रयाप्त शिक्षण सिकाईको ब्यबस्था, टिभि सहितको वाल सिकाई अडियो भिडियो, ब्यबहारिक तथा जिवन उपयोगी शिक्षालाई ब्राईटलाईट एकेडेमीले अनुशिक्षण, चेतनामुलक तथा सन्देश मुलक कार्यक्रम एबं अवलोकन हेर र सिक जस्ता कार्यक्रमको निरन्तरता दिंदै अभिभावकसंग समेत त्रैमासिक रुपमा अन्तर संवाद समेत गर्दै आएको छ ।

होमवर्क लेस विद्यार्थी बनाउने चाहना हुदा पनि अभिभावकको अनुरोधमा त्यसो गर्न नसकिएको स्विकार्दै संस्थापक प्रिन्सिपल चौधरीले समय, काल, परिस्थिती र युग सुहाउदो शिक्षणका बिधिहरु विद्यालयले ल्याउदै जाने बताउदै बुकलेस र होमवर्क लेस भएका देशहरु पनि भएको र त्यस्ता देशहरुको शिक्षा प्रणाली अध्ययन गरेर विद्यालयमा समेत लागु गर्न सकिने खालका नितिहरु अब कोहलपुर क्षेत्रमै अत्यावश्यक भईसकेको थारूकाे बुझाई छ ।

  • १४ फाल्गुन २०८०, सोमबार १८:२४ प्रकाशित
  • Nabintech