१७ बैशाख २०८१, सोमबार
कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा
  • काँचुली खबर

१४ फागुन, काठमाडौं । कृष्ण कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छन् ।

आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावीसहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा पीडित आफै अदालत जान पाउछन् । त्यही प्रक्रिया अनुसार पीडितले अदालतमा मुद्दा हालेकी हुन् ।

यसअघि नै कँडेलले आफ्नो गाली बेइज्जती भएको भन्दै ती महिलाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

  • १४ फाल्गुन २०८०, सोमबार १८:०५ प्रकाशित
  • Nabintech