१ जेष्ठ २०८१, मंगलवार
बाँके निकुञ्जबाट अवैध हातहतियार बरामद
  • काँचुली खबर

११ फागुन, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्जबाट दुई थान अवैध बन्दुकसहित हातहतियार बरामद भएको छ।

निकुञ्जका सुचना अधिकारी कुननारायण चौधरीले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीको संयुक्त गस्ती टोलीले बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित शिवखोलाको सीमानामा चुरेको सिरान क्षेत्रबाट अवैध हातहतियार बरामद गरेको जानकारी दिए ।

उनले निकुञ्जभित्र प्रवेश गरी चोरी सिकारीमा संलग्न व्यक्तिले प्रयोग गरेको अवैध हतियार र वन्यजन्तुको सुकुटी बरामद गरिएको बताए । सूचना अधिकारी चौधरीका अनुसार बरामद गरिएका हातहतियारमा एक थान बाह्रबोर बन्दुक, १ थान भरुवा बन्दुक र उक्त हतियारमा प्रयोग हुने गोली, तीन वटा खुकुरी लगायत बन्दोबस्तीका सामान रहेका छन् । दुई किलो जति वन्यजन्तुको सुकुटी पनि बरामद भएको छ ।

चोरी सिकारीमा संलग्नले गस्ती टोलीमाथि दुई राउण्ड गोली फायर गरेपछि प्रतिकारमा गस्ती टोलीले ४ राउण्ड जवाफी फायर गरेको र त्यसपछि उनीहरु भागेको जनाइएको छ ।

सो घट्ना बारे गहिरिएर अनुसन्धान भइरहेको जनाउँदै बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी चौधरीले घटना अनुसन्धानकै क्रममा रहेकोले अहिले नै धेरै कुरा भन्न नसकिने बताए ।

निकुञ्ज क्षेत्रबाट हातहतियार र वन्यजन्तुका सुकुटी भेटिएकोले चोरीशिकारी गर्ने गिरोह सक्रिय रहेको पुष्टि भएको छ ।

गोरखापत्रबाट

  • ११ फाल्गुन २०८०, शुक्रबार १६:०९ प्रकाशित
  • Nabintech